+
+
-- Sponsored Ad --

लुम्बिनी सरकारले २३ दिनमा ७ अर्ब बढी गर्‍यो बजेट खर्च

275 पटक हेरिएको
Clock २०७९ असार २५, शनिबार १३:४१
-- Sponsored --

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम महिनाको २३ दिनमा मात्रै ७ अर्ब ४३ करोड बढी खर्च गरेको छ ।

जेठ मसान्तसम्म १८ अर्ब ५६ करोड अर्थात ४५.३३ प्रतिशत खर्च गरेको सरकारले असारको २३ गतेसम्म आइपुग्दा २६ अर्ब ७० लाख अर्थात ६३.४९ प्रतिशत खर्च गरेको हाे । प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनीका अनुसार असार १ गतेदेखि २३ गतेसम्म ७ अर्ब ४३ करोड ९४ लाख बढी खर्च भएको छ ।

चालूू आर्थिक वर्ष सकिन एक हप्ता मात्रै बाँकी हुँदा पूूँजीगततर्फ ६२.३८ प्रतिशत अर्थात १४ अर्ब १ करोड ७५ रुपैयाँ खर्च भएको छ । त्यस्तै चालूूतर्फ ६४.८५ प्रतिशत अर्थात ११ अर्ब ९८ करोड ९४ लाख बजेट खर्च भएको छ । लुम्बिनी सरकारले चालूू आर्थिक वर्ष ०७८-७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट ल्याएको थियो ।

हालसम्म मुुख्यमन्त्री कार्यालयले सबै भन्दा बढी ८७.३२ प्रतिशत र सबै भन्दा कम कानूून महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले १०.६० प्रतिशत खर्च गरेको छ । शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले आर्थिक वर्ष २०७७-७८ मा ८२ प्रतिशत वजेट खर्च गरेको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win