+
+
-- Sponsored Ad --

नेपाल एपीएफ स्कूल कीर्तिपुर परिषरमा वृक्षारोपण :

390 पटक हेरिएको
Clock २०७९ असार २५, शनिबार १४:२१
-- Sponsored --
काठमाडौं, नेपाल पूर्व सशस्त्र प्रहरी संघको आयोजनामा नेपाल एपीएफ स्कूल कीर्तिपुर परिषरमा असार २५ गते बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
 
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त बृक्षारोपण कार्यक्रममा धुपी, अम्वा, सिरिस, कपुर र असारे फुल गरी ५३ वटा विरुवा रोपिएको हो ।
 
त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले वातावरण संरक्षण तथा सम्वर्धन कार्यमा सो संघले देखाएको अग्रसरताप्रति आभार प्रकट गर्नुहुँदै यस्ता सामाजिक कार्यहरुमा सो संघको सक्रिय सहभागिता निरन्तर रहिरहने विश्वास व्यक्त गर्नुभयो ।
 
उक्त कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले यस्ता बृक्षारोपण कार्यक्रमले वातावरण स्वच्छ राख्न मद्दत पुग्ने बताउनुहुँदै आगामी दिनमा समेत यस्ता सामाजिक र वातावरणमैत्री कार्यक्रमका लागि सो नगरपालिकाको साथ र सहयोग रहिरहने उल्लेख गर्नुभयो ।
स्वागत मन्तव्यको क्रममा नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले
वातावरण संरक्षण कार्यमा हामी सबैको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
 
सो बृक्षारोपण कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकद्वय किशोर कुमार लामा र सिंह बहादुर श्रेष्ठ लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु, नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारी, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु र उक्त स्कूलका शिक्षक, विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।
 
सशस्त्र प्रहरी बल नेपालले कल्याण्कारी सेवा केन्द्र मार्फत काठमाडौंको कीर्तिपुर, सप्तरीको शम्भुनाथ नगरपालिका र बाँकेको कोहलपुरमा एपीएफ स्कूल मार्फत आवासीय सुविधा सहित वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुका सन्ततीहरु तथा सर्वसाधारण नागरिकका जेहेन्दार बालबालिकाहरुलाई समेत उच्च स्तरिय शिक्षा प्रदान गर्दै आईरहेकोे छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win