+
+
-- Sponsored Ad --

चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ आज नेपाल आउँदै

254 पटक हेरिएको
Clock २०७९ असार २६, आईतवार १०:३०
-- Sponsored --

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल भ्रमणमा आउँदै छ ।

चारदिने नेपाल भ्रमणमा आउन लाग्नुभएको लिउसँग आठ सदस्यीय टोली रहेको छ ।

भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्नुहुनेछ ।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता पारित गरेपछि चीनबाट हुन लागेको यो दोस्रो उच्च तहको भ्रमण हो ।

गत चैत दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीनदिने भ्रमण गर्नुभएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win