+
+
-- Sponsored Ad --

बुटवलको होटलमा २१ वर्षीया युवती मृत फेला

246 पटक हेरिएको
Clock २०७९ असार २६, आईतवार १२:०८
-- Sponsored --

२६ असार,बुटवल । बुटवलको गोलपार्कस्थित एक होटेलमा एक पुरुषसँगै बास बसेकी युवती मृत फेला परेकी छन् ।

पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते राति बास बसेकी २१ वर्षीय सदीक्षा गुरुङ कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

मृतक गुरुङ बुटवल वडानंम्बर २ की बासिन्दा भएको प्रहरीले जनाएको छ । होटेलको कोठा नंं १०५ मा बस्न सदीक्षा नै आएर रुम बुक गरेकी थिइन् ।

मृतकका आफन्तहरूले शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका छन् ।

सदीक्षासँगै बसेका युवक पक्राउ परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले युवकको परिचय भने खुलाएको छैन । उनी घटनापश्चात फरार भएका थिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win