+
+
-- Sponsored Ad --

सिद्धिचरण नगरपालिकामा जिल्लाकै ठूलो पार्क निर्माण हुँदै

274 पटक हेरिएको
Clock २०७९ असार २७, सोमबार १०:५७
-- Sponsored --

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ वर्णालुमा जिल्लाकै ठूलो पार्क निर्माणको काम सुरु भएको छ ।

रुम्जाटार आउने पर्यटक लक्षित गरेर शहरी विकास तथा भवन कार्यालयले सुविधा सम्पन्न पार्क निर्माणको काम थालेको हो । ५ करोड २२ लाख रुपैयाँ लागतमा पार्क र पार्ककै संरचनाका रूपमा सामुदायीक भवन समेत निर्माण भइरहेको छ ।

२ रोपनी ७ आना क्षेत्रमा फैलिएको पार्कमा प्रतिक्षालय, फूलवारी, बालउद्यान लगायतका संरचना निर्माण गर्ने योजना रहेको कार्यालयका निमित्त प्रमुख अनुज श्रेष्ठले बताउनुभयो ।

पार्कको काम कुँवर डेभ्लपर्स एण्ड विल्डिङ प्रालिले गरिरहेको छ । २०७८ साउनमा ठेक्का लागेको साेही पार्क आगामी २०८० माघ महिनामा सम्पन्न गर्ने तयारी भएकाे छ ।

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win