0 प्रतिक्रिया
साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुन्छ : गगन थापा
२७ असार,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।
संघ र प्रदेशको निर्वाचनको मिति साउन ४/५ मा बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिने थापाले जानकारी दिए । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा निर्वाचनको मिति घोषणा हुन लागेकाले चुनाव केन्द्रित हुन उनले कार्यकर्तालाई निर्देशन दिए ।
पार्टीलाई विधिसंगत तरिकाले सञ्चालन गर्ने कार्यमा लागिरहेको उनले सुनाए । ६ महिनामा हामी केही चुकेका उनले स्वीकारे । केन्द्रीय समितिको बैठकमा जमेर छलफल गर्ने उनले बताए ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



