+
+
-- Sponsored Ad --

सरकारले प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेकाे भन्दै एमालेको विरोध

333 पटक हेरिएको
Clock २०७९ असार २७, सोमबार १३:४९
-- Sponsored --

काठमाठौं । नेकपा एमालेले सरकारले नेपाल प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेको भन्दै विरोध जनाएको छ ।

प्रतिनिधिसभको आज साेमबारको बैठकमा समय माग गरेर बोल्दै एमाले सांसद नवराज सिलवालले सरकारले ८४ करोड रुपैयाँ बराबरको हतियार किन्नका लागि बजेट रकमान्तर गरेको भन्दै त्यसप्रति आपत्ति जनाउनुभएकाे हाे ।

उहाँले देशमा आर्थिक संकट आउन लागेको बेलामा हतियार किन्न खोजेर सरकारले राष्ट्रघात गरेको बताउनुभयो । उहाँले हाल नेपाल प्रहरीलाई हतियार नचाहिएको भन्दै विचौलिया र राजनीतिक व्यक्तिलाई पैसा चाहिएकाले यो योजना अगाडि बढाइएको आरोप समेत लगाउनुभयो ।

उहाँले हतियारको कमिशन तीन सय प्रतिशतसम्म बढाएर रकमान्तर गरिएको बताउनुभयो । सांसद सिलवालले हाल नेपाल प्रहरीलाई हतियार नभई ब्यारेक र प्रविधि चाहिएको बताउनुभयो । प्रहरीलाई प्रविधि भित्राएर अनुसन्धान योग्य बनाउनुपर्ने एमाले सांसद नवराज सिलवालले बताउनुभयाे ।

 
 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win