+
+
-- Sponsored Ad --

चिनियाँ विदेश विभाग प्रमुख लिउ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

270 पटक हेरिएको
Clock २०७९ असार २८, मंगलवार ११:३९
-- Sponsored --

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।

नेपालको चार दिने भ्रमणमा रहनु भएका प्रमुख लिउले आज (मंगलबार) बिहान भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा पुगेर भेटवार्ता गर्नुभएको हो । साेही भेटवार्तामा एमाले नेताहरू प्रदीप ज्ञवाली, राजन भट्टराई र विष्णु रिमाललगायत समेत सहभागी भएका थिए ।

आइतबार काठमाडौं आइपुग्नु भएका लिउले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्नुभएको थियो । सोमबार उहाँले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएको थियो ।

प्रमुख लिउले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरी नेपाल भ्रमण टुंग्याउनु हुने छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win