+
+
-- Sponsored Ad --

सभामुख सापकोटाद्वारा पाँच विधेयक प्रमाणित

267 पटक हेरिएको
Clock २०७९ असार २८, मंगलवार १९:१०
-- Sponsored --

२८ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार संघीय संसद्का दुवै सदनबाट विभिन्न मितिमा पारित भएका पाँच विधेयक प्रमाणित गरेका छन् ।

सभामुखले लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणित गरेका हुन् ।

प्रमाणित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।
 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win