0 प्रतिक्रिया
सुदूरपश्चिममा प्रदेशसभा बहिष्कार गरेका प्रतिपक्षी दलसँग मुख्यमन्त्री छलफल गर्दै
२९ असार, धनगढी । सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलले लगातार दुई दिनसम्म प्रदेशसभाको बैठक बहिष्कार गरेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलका लागि बोलाएका छन् ।
नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री भट्टले छलफल गर्ने भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बोलाएका हुन् ।
एमालेका तर्फबाट दलका नेता प्रकाश शाह, प्रमुख सचेतक भट्ट र कार्य व्यवस्था परामर्श समितिका सदस्य बलदेव रेग्मी छलफलमा जाँदैछन् भने लोसपाका कृष्ण चौधरी पनि छलफलमा सहभागी हुनेछन् । जसपाकी मालमती राना भने काम विशेषले धनगढी बाहिर छिन् ।
बजेटको विषयलाई लिएर सत्तारुढ दलभित्र समेत संशोधनको माग चर्को रुपमा उठेको छ । अहिले पनि सत्तारुढ दलका प्रदेशसभा सदस्यहरु संशोधनविना बजेट पास गर्न नसकिने अडानमा छन् ।



