+
+
-- Sponsored Ad --

गभर्नरमाथि कांग्रेसले उठायो प्रश्न, नागरिकमा आतंक मच्चाएको आरोप

265 पटक हेरिएको
Clock २०७९ असार २९, बुधबार १२:५२
-- Sponsored --

२९ असार, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्न उठाएको छ । नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भनेर सार्वजनिक रुपमा आतंक फैलाएको भन्दै कांग्रेसले अधिकारीमाथि प्रश्न उठाएको हो ।

बुधबार प्रतिनिधि सभामा विशेष समय लिएर कांग्रेसका तर्फबाट सांसद मीनबहादुर विश्वकर्माले गर्भनर आफैंले मुुलुक श्रीलंकातिर जाँदैछ, श्रीलंकातिर जाँदैछ भनेर हिँडेको बताए ।

उनले प्रश्न गरेका छन्, ‘एउटा देशको अर्थतन्त्र कमजोर हुँदा मित्र राष्ट्रले श्रीलंका हुन्छ, श्रीलंका हुन्छ भन्दा त्यो देशमा मानसम्मान हुन्छ वा हुन्न ? हाम्रो मित्रता कायम हुन्छ वा हुन्न ?’ एउटा देश संकटमा परेको बेला गिज्याउनु उपयुक्त नहुने भन्दै उनले यस्तो बोल्न बन्द गनुृपर्ने बताएका छन् ।

गभर्नरले सल्लाहकार भएर सरकारलाई सहयोग गर्नुपर्नेमा सार्वजनिक मञ्चहरुबाट श्रीलंका हुन्छ, अब टाट पल्टिन्छ भनेर आतंक फैलाएको उनको आरोप छ ।

‘रियल स्टेट कारोबारीहरुलाई निषेध गर्ने, निजी क्षेत्रलाई हतोत्साही गर्ने, सेयर मार्केटमा लगानीहरुलाई हतोत्साहित गर्ने काम भइरहेको छ, यो बन्द गरिनुपर्छ । अन्यथा जनताहरुले आवाज उठाउनुपर्ने हुन्छ र सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्छ’, कांग्रेस सांसद विश्वकर्माले भने, ‘गर्भनर जस्तो जिम्मेवार व्यक्तिलाई यस्तो नबोल्न र नागरिकहलाई आतंकित नगराउन रुलिङ हुनुपर्दछ ।’

भूकम्प गएको बेलामा सडकमा भूकम्प आयो भूकम्प आयो भन्दा नागरिकहरुलाई थुन्ने गरिएको स्मरण गर्दै उनले अहिले गभर्नरले जनतालाई आतंकित पार्दा राज्य चुप लागेर बस्न नहुने बताए । ‘मुलुकको जिम्मेवार व्यक्तिले आम नागरिक र व्यवसायीहरुलाई आतंकित गरिराखेका छन् । राज्यकै तर्फबाट जिम्मेवार व्यक्तिले आतंक मच्चाउन बन्द गर्नुपर्छ’, उनले भने ।

सांसद विश्वकर्माले पटक पटक सभामुखसँग गभर्नरको बोलीमा लगाम लगाउने गरी रुलिङ गर्न माग गरे ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win