+
+
-- Sponsored Ad --

श्रीलंकाका प्रधानमन्त्रीको कार्यालय पनि प्रदर्शनकारीको कब्जामा

349 पटक हेरिएको
Clock २०७९ असार २९, बुधबार १५:२८
-- Sponsored --

२९ असार, काठमाडौं ।  श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयमा पनि प्रदर्शनकारीले कब्जा जमाएका छन् ।

प्रधानमन्त्री विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गर्दै पश्चिमी प्रान्तमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन रोकिएको छैन ।

आक्रोशित प्रदर्शनकारीहरु सुरक्षा घेरा तोड्दै प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ ।

कार्यालय प्रदर्शनकारीले नियन्त्रणमा लिए पनि विक्रमसिंघ भने कार्यालयमा नरहेको र उनी अन्तै सुरक्षित रहेको बीबीसीले जनाएको छ ।

यसअघि प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापक्षे देश छाडेर भागिसकेका छन् । राजापक्षे भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेका थिए ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win