0 प्रतिक्रिया
‘सुन मान्छे’का रुपमा चिनिएका ठेकदार मुक्का हानेको आरोपमा पक्राउ
२९ असार, काठमाडौं । ‘सुन मान्छे’का रुपमा चिनिएका एकजना व्यक्ति सरकारी कर्मचारीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको पाख्रिवास घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ४८ वर्षीय सुवास घिसिङ छन् ।
उनलाई प्रहरी बिट नयाँ बस्तीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । उनका अनुसार घिसिङले सोमबार नयाँबस्ती एभरेष्ट पम्पसँगै रहेको बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठलाई मुक्का हानेका थिए ।
घटनाबारे थप अनुसन्धानका लागि घिसिङलाई ज्यान मार्ने उद्योगमा तीन दिन म्याद थप गरिएको मैनालीले बताए ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




