+
+
-- Sponsored Ad --

जब भारतीय दूतावास नजिकै बम भेटिएको झुठो खबर प्रहरी कहाँ पुग्यो…

253 पटक हेरिएको
Clock २०७९ असार २९, बुधबार १५:३८
-- Sponsored --

२९ असार, काठमाडौं । मंगलबार दिउँसो लैनचौरस्थित भारतीय दूतावास नजिकै शंकास्पद वस्तु देखेको भन्दै स्थानीयले प्रहरी कन्ट्रोल १०० मा फोन गरे । बाहिर तार देखिएको झोलामा ‘बम’ हुनसक्ने भन्दै फोन आएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली सतर्क भयो ।

केही दिनअघि मात्रै दूतावासभित्र एक जना सुरक्षागार्डले आफैंलाई गोली हानेको घटनाले चर्चा पाएको थियो । त्यही बीच शंकास्पद वस्तुको खबर आएपछि प्रहरी वृत्त, साह्रखुट्टेका डीएसपी दिपक दाहाल बुझ्नलाई आफैं घटनास्थलतिर गए । काठमाडौं प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई पनि खबर गर्यो ।

तर काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहोराका अनुसार डीएसपी दाहालले त्यहाँ पुगेर नजिकैको क्लोज सर्किट (सीसी) क्यामरा फुटेज हेर्दा एकजना महिलाले शंकास्पद भनिएको झोला त्यहाँ राखेको देखियो ।

‘उनी झोला छाडेर नेपालस्थित भारतीय दूतावासतिरै छिरेको पनि फुटेजमा देखियो’ बोहोराले अनलाइनखबरसँग भने, ‘त्यसपछि दूतावाससँग समन्वय गरेर उनीमाथि सोधपुछ गरेका थियौं ।’

त्यसक्रममा दूतावासमा सरसफाइको काम गर्ने सर्लाहीकी ३० वर्षीया शशिकला चौधरीले त्यहाँ फोहोरको झोला फ्याँकेको खुल्यो । ‘उनले फोहोर भनेपछि खोतलेर पनि फेरि जाँच गरियो, त्यसक्रममा कुनै शंकास्पद वस्तु देखिएन’ बोहोराले भने । त्यसपछि सेनाको बम डिस्पोजल टोलीलाई पनि उतै रोकिएको थियो ।

चौधरीलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको छ ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win