+
+
-- Sponsored Ad --

अर्थतन्त्रका वर्ष दिन : अर्थमन्त्रीको अनपेक्षित बहिर्गमन, मूल्यवृद्धि र आयात उच्च

275 पटक हेरिएको
Clock २०७९ असार २९, बुधबार १६:२५
-- Sponsored --

काठमाडौं । नेपालको बजेट आसेपासे पोस्ने रूपमा बदनाम भएको छ ।

आर्थिक वर्ष २०७८/७९ सुरु हुनै लाग्दा अर्थ मन्त्रालयको बागडोर सम्हान्न पुगेका अर्थमन्त्री जनार्दन शर्माले आफू विश्वविद्यालयमा पढेको विज्ञ नभए पनि सिकेर, सबैको समन्वयमा अर्थतन्त्रमाथि अन्याय नगर्ने वचन दिनुभएको थियो ।

ठ्याक्कै त्यसको एक वर्ष पुग्दा मुलुकको मेरुदण्ड मानिने बजेटमाथि निर्मम प्रहार गरेको अभियोगमा उहाँलाई कुर्सी छोड्ने अवस्था आइलाग्यो ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले छोडेर गएको ३ दशमलव ६ प्रतिशत मूल्यवृद्धि अहिले बढेर ८ दशमलव ५६ प्रतिशत पुगेको छ । कोरोना महामारीले थलिएको अर्थतन्त्र तङ्ग्रीन नपाउँदै सुरु रुस–युक्रेन द्वन्द्वले थप ओरालो लागेको छ ।

नेतृत्व गम्भीर नहुँदा अर्थतन्त्रका प्राय सबै सूचक ओरालो विन्दुमा छन् । तात्कालिन समयमा १५ खर्ब ३९ अर्ब रहेको आयात अहिले बढेर १७ खर्ब ६३ अर्ब पुगेको छ ।

मुलुकमा उत्पादन मुलक उद्योगको स्थापना गरी बढी भन्दा बढी वस्तु निर्यात गर्ने लक्ष्य लिएको भाषण गर्ने नेतृत्वले पालामा व्यापार घाटा १५ खर्ब ७७ अर्ब पुगेको छ ।

२०७८ को भदौ २५ मा तात्कालिन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेट प्रतिस्थापन गर्दै विधेयक मार्फत बजेट ल्याएका अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक महिना १० प्रतिशतका दरले खर्च गर्ने बताए पनि विगत भन्दा फरक हुन सकेन ।

आर्थिक वर्ष सकिन तीन दिन बाँकी रहँदा ३ खर्ब ७८ अर्ब विनियोजन गरेको पुँजीगत खर्च १ खर्ब ९१ अर्ब अर्थात जम्मा ५१ प्रतिशत मात्र खर्च भएको छ । पुँजीगत खर्च हुन नसक्दा बैंकले तरलताको अभाव झेलिरहेका छन् । यसको प्रत्यक्ष मार जनताले खेप्नु परेको छ ।

यसैगरी तत्कालिन समयमा १ अर्ब २३ करोड बचतमा रहेको सोधानान्तर स्थीति अहिले २ खर्ब ६९ अर्ब घाटामा छ । मुलुकमै रोजगारी सिर्जना गरी देश समृद्ध बनाउने सपना बाँड्ने नेता र तिनका आसेपासेले प्रमुख स्थान ओगट्दा नेपाली जनता बैदेशिक रोजगारीमा वृद्धि भएको छ ।

मुलुकमा विदेशी मुद्राको संचितिका लगातार ह्रास आइरहँदा एउटा प्रमुख माध्यम बनेको रेमिट्यान्स अहिले ९ खर्ब ४ अर्ब छ । अघिल्लो सरकार यही अवधिमा ९ खर्ब ६१ अर्ब रहेको थियो ।

यसैगरी वैदेशिक लगानी आशातीत रूपमा वृद्धि हुन सकेको छैन भने कोरोनाले थलिएको पर्यटन क्षेत्र पनि लयमा फर्कन नसक्दा विदेशी मुद्रा आयको दरिलो माध्यम बन्न सकेको छैन । यसैले पनि विदेशी मुद्रा संचिति ह्रास आएको विज्ञहरूले बताउँदै आएका छन् ।

गत वर्षको तुलनामा यो वर्ष निर्यातमा केही सुधार देखिए पनि आयातको आँकडा डरलाग्दो बन्दै गएको छ । तत्कालिन समयमा निर्यात १ खर्ब ४१ अर्ब रहेको निर्यात अहिले १ खर्ब ८५ अर्ब पुगेको छ ।

मुलुकको आय आर्जनमा वृद्धि गर्ने भन्दा पनि आसेपासे पोस्ने प्रवृति रहेको नेतृत्वबाट अहिले पनि जनता निरास छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win