+
+
-- Sponsored Ad --

माओवादी अध्यक्ष प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

302 पटक हेरिएको
Clock २०७९ श्रावण १, आईतवार १०:२८
-- Sponsored --

काठमाडौं । भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएकाे छ ।

उहाँले आज (आइतबार) अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएकाे हाे । साथै उहाँले आइतबार नै भाजपाको मूख्याल भ्रमण गरेर भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग पनि भेटवार्ता गर्नुहुने भएकाे छ।

उहाँ भारत गएदेखि नै राजनीतिक भेटघाटमा व्यस्त हुनुभएकाे छ । गत शुक्रबार नयाँ दिल्ली पुगेलगत्तै उहाँले त्यहाँका सत्ता तथा विपक्षी दललका नेताहरूसँग भेटवार्ता गरिरहनुभएकाे हाे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजै स्वदेश फर्किने कार्यक्रम रहेकाे छ ।

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win