+
+
-- Sponsored Ad --

पूर्वअर्थमन्त्री शर्मामाथि छानविन गरिरहेको समितिले पाएन अर्थमन्त्रालयको सीसीटीभी फुटेज

380 पटक हेरिएको
Clock २०७९ श्रावण २, सोमबार १०:१२
-- Sponsored --

काठमाडौं । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको आरोपमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले सीसीटिभी फुटेज प्राप्त गर्न असफल भएको छ ।

समितिको आइतबार बसेको बैठकमा सीसीटिभी फुटेज हेर्ने ब्यक्ति बोलाइए पनि गत जेठ १४ गतेको फुटेज प्राप्त हुन नसकेको हो । अर्थमन्त्रालयको प्रशासन महाशाखाका प्रमुख, सीसीटिभीसँग सम्बन्धित इन्जिनियर र बजेट महाशाखा प्रमुखहरूका साथै राजस्व र अर्थ सचिवहरूसंग समितिले सोधपुछ गरेपनि कर्मचारीहरुले मुख्य प्रमाण नै दिन अटेर गरेको बुझिएको छ ।

कर्मचारीहरुले बजेट निर्माणका क्रममा असम्बन्धित मानिस मन्त्रालय प्रवेश गरेको विषयमा पनि आलटाले कुरा गरेको समितिका सदस्यहरुले बताएका छन् । सीसीटीभी फुटेज कसरी प्राप्त गर्ने भन्ने विषयमा साेमबार बस्ने बैठकमा छलफल हुने भएको छ । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा एउटा निजी कम्पनीका प्रबन्धकलाई अर्थमन्त्रालयमा प्रवेश गराएर करका दरमा चलखेल गर्न दिएको आरोपमा संसदीय समिति गठन गरिएको छ ।

सोही आरोपमा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपनि छानविनमा प्रमाण जुट्न नदिन उनी सक्रिय रहेको बुझिएको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win