+
+
-- Sponsored Ad --

बाैदिकालीकाे विकासका आयाम बारे अन्तरक्रिया

297 पटक हेरिएको
Clock २०७९ श्रावण २, सोमबार ११:०२
-- Sponsored --

डेढगाउँ ।बौदिकाली गाउँपालिकामा गाउँपालिकाको विकासका आयाम बारे अन्तरक्रिया सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा प्रदेश सांसद विष्णु प्रसाद लामिछाने, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले ,प्रदेश लोकसेवा आयोगका सदस्य कल्पना लम्साल, गाउँपालिका अध्यक्ष प्रकाश ओझा, उपाध्यक्ष डिल कुमारी केसि सारू, प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदी, बौदिकाली गाउँपालिकाका वडाअध्यक्षहरू अनिल थापा मगर, श्यामसुन्दर श्रेष्ठ, तेज वहादुर थापा,मन वहादुर सारू, खुमकुमार सारू, समाजसेवी होमनाथ भट्टराई, छविलाल ओझा, डिल्लिराम राना लगायत गाँउपालिकाका सबै शाखाका शाखा प्रमुखहरुकाे उपस्थिति रहेको थियाे।
अन्तरक्रियामा बोल्दै अध्यक्ष गाउँपालिका ओझाले वौदिकाली गाउँपालिकालाई गण्डकी प्रदेशको नमुना गाउँपालीका बनाउने दिशामा अगाडि बढ्न प्रदेश सरकारको सहयोगको अपेक्षा राख्नुभयो । सुगम जिल्लाको दुर्गम क्षेत्र रहेकोले यहाँको शिक्षा,स्वास्थ्य र रोजगारमा प्रदेश सरकारले उचित कदम चाल्न, पिछडिएको क्षेत्र अनुकुलको नीति निर्माणमा गण्डकी प्रदेश लाग्नुपर्ने कुरामा ध्यानाकर्षण गराउनुभयो ।
बौदिकाली कुषिमा सम्भावना वोकेको क्षेत्र भएकाले बाैदिकालीको माटो सुहाउदो कृषि नीतिमा समाबेश गर्न अनुरोध गर्नुभयो। गाउँपालिका उत्पादनमा अगाडि बढेको हुनाले नजिकका सहरमा उत्पादन बेच्ने दिशामा पालिका अगाडि बढ्ने अध्यक्ष ओझाले बताउनुभयो । पोखरा आएका पर्यटकलाई बाैदिकाली गाउँपालीकाको आतिथ्यता प्रदान गरेर अमलटारी पुर्याउने सम्भावना रहेकाे उहाँकाे भनाइ थियाे ।त्यस्तै प्रदेश र संघको योजनामा पालिकाको भुमिका स्पस्ट पार्न अनुरोध गर्नुभयो ।
अन्तरक्रियामा गाउँपालीका उपाध्यक्षले प्रदेश र संघबाट परेका योजनामा प्रदेशले आवश्यक निगरानी गर्न र पालिकाले यसमा सहयोग पुर्याउने बताउनुभयो ।
मिथुकरममा विद्यार्थीलाई विद्यालय शिक्षामा सहज पहुँच पुर्याउन सिद्धि विद्याश्रम आधारभुत विद्यालयलाई मावी बनाउन आवश्यक पहल गर्न आवश्यक रहेको, खानेपानिको समस्या र पुर्वाधारमा समस्या रहेको वडा नम्बर एकका अध्यक्ष अनिल थापाले बताउनुभयो ।
अन्तरक्रियामा बोल्दै २ नम्बर वडाका वडाध्यक्ष श्याम श्रेष्ठले पुर्वाधार, पर्यटन, खेलकुदको बारेमा अवसर र चुनौतीका बारेमा विचार प्रस्तुत गर्नुभयो । डम्मरा क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन, खानेपानीको व्यवस्थापन, सडक पुर्वाधारको सहज पहुँच लगाएतका बारेमा वडा नम्बर ३ का वडाध्यक्ष तेज वहादुर थापाले आफ्ना भनाई राख्नुभएकाे थियाे।
रूचाङ क्षेत्रमा पर्यटकीय सम्भावनाका साथै यहाँका चुचुरोहरू आफैमा भ्युटावर भएकाले यसका बारेमा गम्भीर बन्न वडाअध्यक्ष मन बहादुर सारूले ध्यानाकर्षण गराउनुभयो । अन्तरक्रियामा बोल्दै भुगोलले ठगेको नरम क्षेत्रमा आधारभुत आवश्यकता पनि नपुगेको हुनाले यश क्षेत्रमा आवश्यक कदम चाल्न वडाध्यक्ष खुम कुमार सारूले ध्यानाकर्षण गराउनुभयो ।
अन्तरक्रियामा बोल्दै समाजसेवी होमनाथ भट्टराईले यश क्षेत्रलाई सेटेलाइट सहरको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
अन्तरक्रियामा प्रदेश सभाका सदस्य विष्णु प्रसाद लामिछानेले वौदिकाली गाउँपालीकाको विकासमा आफू सदैव लाग्ने बताउनुभएकाे थियाे ।

 
 
 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win