सोमबारको घट्नाले उघ्ररुप लियो: नगर प्रमुख र उप-प्रमुखको कार्यकक्षमा तालाबन्दी

देवचुली, माधब सुबेदी
कोरोना भाइरसको माहामारीमा राम्रो नगरपालिकाले राम्रो संग व्यवस्थापन र राम्रो भुमिका नखेलेको भन्दै स्थानियले नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कक्षामा तालाबन्दी गरेका छन् ।
राजनीतिक दलका अगुवाहरु र स्थानिय बासिन्दाहरुले पार्वता तिवारी, पूर्ण कुमार श्रेष्ठ र गोविन्द सिग्देलको कोठामा तालाबन्दी गरी उनिहरु चड्ने सरकारी गाडीको चावी समेत खोसिदिएका छन् ।
सोमबार भएको घटनामा मृत्यु भएका ६८ बर्षिय पुरुषका आफन्त र स्थानीयले अस्पतालमा लैजानका लागि एम्बुलेन्स व्यवस्थापनमा ढिलाई भए पछि आक्रोस व्यक्त गरेका थिए ।
पुरुषलार्इृ अस्पताल लैजानको लागि एक घण्टा सम्म पनि एम्बुलेन्स नपाएपछि अन्तिममा ट्याक्टरमा लैजादै गर्दा ढिलो भए पछि बाटोमा उनको निधन भएको थियो । नगर प्रमुख र उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कक्षामा तालाबन्दी गरेतापनि स्वास्थ्य सेवामा प्रभाव पर्न सक्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलको कार्यकक्षको ताला खोलिएको स्थानीय अगुवा भुसालले बताए । स्थानियले यस्तो घटना कसैमा नहोस भन्दै आगामी दिनहरुमा नगरपालिकाले २४ ओ घण्टा एम्बुलेन तयारी अवस्थामा राख्ने, कोरोनाको जोखिमलाई मध्यनगर गर्दै जनतामा स्थानिय सरकारको भुमिकामा व्यवस्थापन गर्नुपर्ने जस्ता माग रहेको थियो ।

 

 

 

 

 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २, बुधबार १९:१०
    • 7 views
    दलित जागरण अभियानको केन्द्रीय सभारण सभा नवलपुरमा हुने

    नवलपुर, माघ २ गते । दलित जागरण अभियान नेपालको दशौं केन्द्रीय साधारण सभा नवलपुरमा हुने भएको छ । नवलपुरको देवचुलीस्थित बरचुली माविको प्राङ्गढमा माघ १८ गते दशौं साधारण सभा तथा बृहत…

    विस्तृत.....

    • २०८१ माघ २, बुधबार १९:०८
    • 7 views
    जिल्ला प्रहरी कार्यालय सेरोफेरोमै श्रृङ्खलावद्द चोरीका घटना, के भन्छ प्रहरी प्रशासन ?

    कावासोती ।  जिल्ला सदरमुकाम कावासोतीमा चोरीका घटना बढ्न थालेपछि नवलपुर उघोग बाणिज्य संघले प्रहरीको ध्यानाकर्षण गराएको छ । नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्याल नेतृत्वको टोलीले जिल्ला प्रहरी…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *