काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्म ‘मुस्कान’मा नायकको भूमिकामा अभिनय गर्ने भएका छन् । रमित ढुंगानाको डेब्यु निर्देशन रहने फिल्मको केमियो भूमिकामा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि देखिनेछन् ।
एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमा आधारित हुने यो फिल्मको छायांकन साउन अन्तिमदेखि सुरु हुँदैछ । छायांकनको लागि यसैसाता अमेरिकाबाट नेपाल आइपुगेका रमितले आइतबार वन तथा वातावरण मन्त्रालय पुगेर मन्त्री यादवसँग छायांकनको योजनाबारे छलफल गरे ।
निर्देशक ढुंगानाले खातुनलाई वास्तविक जीवनमा सहयोग पुर्याउने पात्रलाई समेटेर फिल्म बनाउन लागेका हुन् । ‘वनमन्त्री ज्यूले पनि सघाएकाले उहाँलाई पनि हिरो बनाउन लागेका हौं,’ ढुंगानाले भने ।

