0 प्रतिक्रिया
ओखलढुंगामा ९४ प्रतिशत धान रोपाइँ सम्पन्न
ओखलढुंगा । ओखलढुंगामा ९४ प्रतिशत धान रोपाइँ सम्पन्न भएकाे छ ।
बेंसी क्षेत्रका केही ठाउँमा मकै पाक्न ढिला भएकाले रोपाइँ अझै जारी रहेको कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त प्रमुख हेमबहादुर आलेमगरले जानकारी दिनुभएकाे हाे । ओखलढुंगामा यस वर्ष शतप्रतिशत धान रोपाइँ हुने भएको छ ।
कार्यालयको तथ्यांक अनुसार जिल्लामा साउन २२ गतेसम्म धान रोपाइँ हुने गरेको छ । अघिल्ला वर्षहरुमा पानीको अभावका कारण शतप्रतिशत धान रोपाइँ हुने गरेको थिएन । जिल्लामा ४ हजार ४ सय ३ हेक्टर क्षेत्रमा वर्षे धान खेती हुने गरेको छ ।
यसवर्ष समयमै पानी परेर धान रोप्न पाएपछि यहाँका किसान खुशी भएका छन् ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



