कोरोनाका कारण यसवर्ष पनि एसईई र कक्षा १२ को परीक्षा प्रभावित हुन सक्ने अनुमान
काठमाडौं । कोरोनाका कारण अघिल्लो वर्ष प्रभावित भएको एसईई र कक्षा १२ को परीक्षाको अन्योल यो वर्ष पनि देखिएको छ । कोरोनाको दोस्रो लहरले महामारीको रुप लिदै गएपछि परीक्षामा अन्योलता छाएको हो ।
यो वर्षको एसईई सञ्चालन हुन अब तीन साता मात्र बाँकी छ । राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहको मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुनसक्ने अनुमान गर्न थालिएको छ ।
परीक्षाका सम्बन्धमा सम्बन्धित निकायको मौनताका कारण यतिबेला विद्यार्थी, अभिभावक तथा शिक्षकलाई समस्या भएको छ । गत वर्ष वैशाख २ गतेबाट कक्षा १० को पठनपाठन सुरु हुनुपर्नेमा बन्दाबन्दीले असारबाट वैकल्पिक माध्यमबाट पठनपाठन थालिएको थियो ।
तर, सबै विद्यार्थीको पहुँचमा वैकल्पिक माध्यम पुग्न सकेको थिएन । गत मङ्सिर र पुसबाट बल्ल कक्षाकोठाभित्र प्रत्यक्ष पठनपाठन सुरु भएको थियो । त्यस्तै कक्षा १२ को पठनपाठन सुरु भएको छ महिना पनि भएको छैन । यसले गर्दा कक्षा १० र १२ को सबै कोर्स पूरा भइसकेको छैन ।
गत वर्ष परीक्षा सुरु हुनुभन्दा एक दिन अगाडि एसईई स्थगित गरिएको थियो । गत वर्ष कक्षा १० र १२ का विद्यार्थीले पूरै अवधिसम्म पढ्न पाएका थिए । तर यस वर्ष पूरै अवधि पढ्न पाएका छैनन् । गत वर्ष एसईईमा आन्तरिक मूल्याङ्कनका आधारमा र कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी अन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा लिइएको थियो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश