+
+
-- Sponsored Ad --

कृष्णनगर भन्सार कार्यालय सक्रिय बन्दै : १५ दिनमै १ करोड बढी राजस्व संकलन

386 पटक हेरिएको
Clock २०७९ श्रावण १६, सोमबार ११:५०
-- Sponsored --

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले १५ दिनमै १ करोड बढीको राजस्व संकलन गरेको छ ।

भन्सार गस्ती टोलीले अवैध रुपमा नेपाल भित्रिने मालसमान धमाधम नियन्त्रण गर्न थालेपछि भन्सार कार्यालयले दुई साता मै १ करोड बढीको राजस्व संकलन गरेको हो । गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व संकलन भएपछि सो भन्सार कार्यालयले अवैध आयात रोक्न गस्ती टोली परिचालन गरेको हो ।

भन्सारको राजस्व गस्ती टोलीले आइतबार बिहान गोरूसिङ्गे बजारबाट चन्द्रौटातर्फ आउँदै गरेको लु १ ख ७७७० नम्बरको डिसिएम ट्रकमा भन्सार नतिरेको २३ लाख बढी मूल्यको सारी, सुट र कुर्ता लगायतका कपड़ा बरामद गरेको थियो । पछिल्लो १५ दिनमा अवैध रूपमा नेपाल भित्र्याइएका ८१ पाडापाडी र २ सय १५ खसीबोका समेत नियन्त्रणमा लिइएको पनि कृष्णनगर भन्सार कार्यालयले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win