+
+
-- Sponsored Ad --

यू–१७ : बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट

305 पटक हेरिएको
Clock २०७९ श्रावण २२, आईतवार १२:३७
-- Sponsored --

काठमाडौं । यू–१७ राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट भएका छन् ।

शनिबार यू–१७ को बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो ।

यसअघि एन्फाले देशभरका खेलाडीबाट छनोट गर्दै पहिलो चरणमा ६० खेलाडी छनोट गरेको थियो ।

यू–१७ टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ६० खेलाडीबाट बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेका हुन् ।

एन्फाले साफ यू–१७ च्याम्पियनसिप र एएफसी यू–१७ एसियन कप छनोटका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न लागेको हो ।

आगामी सेप्टेम्बर ५ देखि श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह ’बी’ मा परेको छ । नेपालको समूहमा भारत र भुटान रहेका छन । यस्तै समूह ’ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन ।

यस्तै, आगामी अक्टोबर १ देखि भियतनाममा यू–१७ एसियन कप छनोट खेल हुँदैछ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win