काठमाडौं । यू–१७ राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट भएका छन् ।
शनिबार यू–१७ को बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो ।
यसअघि एन्फाले देशभरका खेलाडीबाट छनोट गर्दै पहिलो चरणमा ६० खेलाडी छनोट गरेको थियो ।
यू–१७ टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ६० खेलाडीबाट बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेका हुन् ।
एन्फाले साफ यू–१७ च्याम्पियनसिप र एएफसी यू–१७ एसियन कप छनोटका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न लागेको हो ।
आगामी सेप्टेम्बर ५ देखि श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह ’बी’ मा परेको छ । नेपालको समूहमा भारत र भुटान रहेका छन । यस्तै समूह ’ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन ।
यस्तै, आगामी अक्टोबर १ देखि भियतनाममा यू–१७ एसियन कप छनोट खेल हुँदैछ ।