0 प्रतिक्रिया
आसन्न निर्वाचनका लागि आजदेखि दल दर्ता
२२ साउन, काठमाडौं । प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुँदै छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको बताए ।
दल दर्ताको निवेदन दिंदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सन्जालको खाता समेत खुलाउनु पर्ने छ ।
दल दर्ता गर्दा खुलाउनुपर्ने विवरण र चाहिने कागजात यो सूचनामा हेर्नुस्-

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



