+
+
-- Sponsored Ad --

रोहिंग्याको उचित व्यवस्थापन गर्न चीनसँग बंगलादेशको आग्रह

320 पटक हेरिएको
Clock २०७९ श्रावण २४, मंगलवार १५:३१
-- Sponsored --

एजेन्सी । बंगलादेशले आफ्नो शरणमा रहेका रोहिंग्याहरुको उचित व्यवस्थापन गर्न चीनसँग गुहार मागेको छ ।

बंगलादेशको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीसँग रोहिंग्या शरणार्थीलाई म्यानमारमा पुनः स्थापना गर्न बंगलादेशले चीनसँग आग्रह गरेको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यी र बंगलादेशका प्रधानमन्त्री शेख हसिना बीचको भेटमा प्रधानमन्त्री वाजेदले उक्त आग्रह गर्नुभएको हो । भ्रमणका क्रममा दक्षिण एसियाली राष्ट्र बंगलादेशको पूर्वाधार विकासका लागि उत्तम व्यापार सम्बन्ध, लगानी र सहयोगको प्रतिवद्धता चिनियाँ विदेशमन्त्रीले बंगलादेशसँग गर्नुभएको छ ।

चीनले सन् २०१९ को अगस्तमा म्यानमारमा सैनिक दमनका कारण भागेका करिब सात लाख रोहिंग्या मुस्लिम शरणार्थीलाई पुनः स्थापना गर्न नोभेम्बर २०१७ को सम्झौता गर्न म्यानमारमा आफ्नो प्रभावको प्रयोग गरेको थियो । तिनीहरूलाई फिर्ता पठाउने प्रयास गरेपनि शरणार्थीहरूले म्यानमारमा आफ्नो सुरक्षा नहुने भन्दै सम्झौता कार्यान्वयन गर्दा सुरक्षाको ग्यारेन्टीका लागि अन्तर्राष्ट्रिय समुदायसँग माग गर्दै आएका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win