+
+
-- Sponsored Ad --

बढ्दो हनि ट्यापिङ घटना

359 पटक हेरिएको
Clock २०७९ श्रावण २६, बिहीबार १६:३७
-- Sponsored --

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा प्रेमिका बनेर मायाजालमा फसाउनेहरूबाट समाजका लब्ध प्रतिष्ठित नै फस्ने गरेका छन् । सामाजिक सञ्जाल मार्फत नजिक भएर विभिन्न पेशा, व्यवसायमा संलग्नदेखि स्कुल, कलेजमा पढ्ने युवालाई काठमाडौंको विभिन्न रेस्टुरेन्टमा भेटघाटको लागि बोलाई अनेक झुठा आरोप लगाई मुद्दामा फसाइ दिने डर देखाउँदै पैसा असुल्ने अपराध दिनप्रतिदिन बढ्दो छ ।

५ महिनाभित्र यस्ता किसिमका ४ वटा घटनाको काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालयले सफल अनुसन्धान गरिसकेको जनाएको छ । यस्तो अपराधमा गिरोह नै संलग्न हुने गरेको छ । गिरोहले सामाजिक सञ्जाल दुरुपयोग गरेर अपराध गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यस्ता आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूले विशेषगरी समाजका प्रतिष्ठित र आर्थिक रूपले सम्पन्न मानिसलाई फसाउने गरेका छन् । पटक पटक पैसाको दोहन गर्ने माग पूरा नभए मानसिक तनावदेखि ज्यान मार्ने धम्कीसम्म दिने गरेको पाइएको छ । यस्ता घटनामा पुरुष सतप्रतिशत पुरुष शिकार बनाइएका छन् । कतिले थुप्रै सम्पत्ति गुमाएका छन् भने कति मानसिक तनाब भोग्न बाध्य छन् ।

यस्तो आपराधिक गिरोहमा महिला, नक्कली वकिल, नक्कली प्रहरी अधिकारी र नक्कली समाजसेवीको भूमिकाको काम गर्ने सदस्य समेत तयार रहेको हुन्छ । उनीहरूले बद्लिएको भूमिका अनुसार पीडितलाई रकम असुल्न दवाब दिने काम गर्छन । यस्तो घटनाका पिडितहरू सुरू सुरूमा आफ्नो इज्जत जाने डरले प्रहरीको सम्पर्कमा आउन नचाहने र सानोतिनो रकम दिएर उम्कने प्रयास गर्ने गर्छन । तर, अलि बढिनै रकम पटक पटक माग्न थाले पछि अन्तमा सहयोग माग्न प्रहरीकोमा आउने गरेको प्रहरी अनुभव छ ।

अहिले सम्मको अनुसन्धानबाट यस्ता घटनाको गिरोहले ४० लाख रुपैयाँसम्म पीडितसँग मागेको खुलेको छ । प्रहरी कर्मचारी नै पनि हनि ट्र्यापको सिकार बन्न पुगेको प्रहरीको भनाइ छ । यस्ता घटनाबाट कसरी बच्ने त ?

यदि तपाईंहरू पनि सामाजिक सञ्जाल प्रयोग गर्नु हुन्छ भने आएको फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्दा एकदम ध्यान पुर्‍याउन जरूरी छ । अन्यथा यस्तै आपराधिक गिरोहोको फन्दामा परेर इज्जत पैसा गुमाउनुका साथै घर परिवार नै तहस नहस हुन के बेर ?

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win