
४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय समिति बनाएको छ ।
शनिबार बसेको स्थायी समिति बैठकले घोषणापत्रको मस्यौदा तयार गर्न नारायणकाजी श्रेष्ठ, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम रम्तेल, अमृता थापा हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, विष्णु चौधरी, भीमा ढुंगाना र जगत शिम्खडा रहेको समिति गठन गरेको हो ।