हरितालिका तिज आज, पशुपतिनाथ मन्दिरमा दशनार्थीको भीड कम

काठमाडौं । विगतका तुलनामा यो वर्ष पशुपतिनाथ मन्दिरमा दशनार्थीको भीड कम देखिएको छ । तीजका दिन रातो सारी, चुरा, गहनाहरुले सजिएर पशुपतिनाथ दर्शनमा जाने दशनार्थीको संख्या कम देखिएको हो । पशुपति क्षेत्र विकास कोषले भने चुस्त व्यवस्थापनका कारण भीड कम भएको तर्क बताएको छ ।

भगवान शिवप्रतिको आस्था । प्राचीनकालमा पार्वतीले भगवान शिवजीलाई पति पाउँ भनी निराहार बसी गरेको तपस्या सफल भएको सम्झनामा हिन्दू नारीहरु यो पर्व मनाउने गर्दछन् । तीजलाई नारीहरुको हर्ष र स्वतन्त्रताको चाडका रुपमा पनि लिइन्छ । विवाहित वा अविवाहित अधिकांश हिन्दू नारीले तीजका दिन सौभाग्यको प्रतीक रातो सारी, रातै चुरा अनि पोतेमा सजिएर ब्रत बस्ने र नाचगान गरी रमाइलो गर्ने गर्दछन् ।

तीजमा नारीहरुले गीतमार्फत् आफ्ना भावना अभिव्यक्त गर्ने गर्दछन् । सासु–बुहारीबीचको सम्बन्ध होस् वा माइतीतिरको सम्बन्ध वा आफूले भोग्नुपरेका पीडा र समस्यालाई चेलीहरुले गीतमार्फत् व्यक्त गर्ने गर्दछन् । उनीहरुले आफ्ना भावनासमेत गीतमार्फत् अभिव्यक्त गर्दछन् ।

दर खाएर बसेका प्रायः महिलाहरु तीजको दिन निराहार बर्त बस्ने गरेका छन् भने कुनै फलफुल दूध लगाएतका फलाहार लिएर पनि ब्रत बस्ने गरेका छन् ।

त्यसो त पछिल्लो समयमा यो पर्वको स्वरुप पनि फेरिंदै आएको छ । सामाजिक र पारिवारिक विभेद हटाउन महिलाका आवाज बुलन्द गर्ने पर्वको रुपमा पनि तीजलाई लिन थालिएको छ । शहरी क्षेत्रमा पनि पर्व मनाउने क्रममा विकृति पनि मौलाएको छ । हप्तौंदेखिको दरखाने चलन र भड्किलो तथा उछृङ्खता पनि तीजमा बढ्दै गएको छ ।

तीजका दिन शिवालयहरु नारीमय हुने गर्दछन् । यस वर्ष पुशुपतिनाथ मन्दिरमा भने विगतको तुलनामा भीड कम देखियो । बिहानदेखि साँझसम्म मन्दिर घण्टौं लाइन बस्नुपर्ने अवस्था यस पटक देखिएन । छोटो लाईनका कारण दर्शन गर्न सहज भएको दशनार्थीहरुले बताए ।

पशुपति क्षेत्र विकास कोषले भने दर्शनार्थीहरु नघटेको बरु चुस्त व्यवस्थापन, स्यमस्यवक हरुको राम्रो परिचालन र बिहान ३ बजेदेखि चार वटै ढोका खुला गरेकाले दर्शनार्थीहरु छिटो फर्कन पाउँदा भीड कम देखिएको बताएको छ ।

यस्तो अवस्थामा तीज जस्तो पर्वले त्यस्ता भेदभाव अन्त्य गर्नका लागि सामाजिक सचेतना फैलाउनसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सामाजिक सद्भाव तथा पारिवारिक मिलन गराउने पर्वहरुको धार्मिक, सांस्कृतिक र परम्परागत महत्वलाई जोगाउँदै पर्व मनाउनु आजको आवश्यकता हो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 6 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:५२
    • 17 views
    अध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित काम

    ७ माघ, काठमाडौं । सरकारले पछिल्लो एक सातामा पाँचवटा अध्यादेश जारी गरेको छ । २९ पुसमा चारवटा र २ माघमा एउटा गरी जारी भएका सबै अध्यादेशमा नयाँ विषय छैनन्, अध्यादेशमार्फत…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *