+
+
-- Sponsored Ad --

सुदूरपश्चिममा गौरा पर्व सुरू

383 पटक हेरिएको
Clock २०७९ भाद्र १६, बिहीबार १२:३९
-- Sponsored --

काठमाडौं । सुदूरपश्चिमको मौलिक पर्व गौरा आज बिहीबारदेखि सुरू भएको छ ।

भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरू हुने पर्वको पहिलो दिन बिहीबार घर-घरमा बिरुडा राख्ने गरिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौं, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा राख्ने चलन छ ।

गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । एक महिना अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचर्यको पालना गरी बिरुडा पञ्चमीको दिन महिलाले मास, कलौं, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गर्दछन् ।

यही भदौ १८ गते गौरा पर्वको मूख्य दिन हो ।

गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरु र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win