0 प्रतिक्रिया
पहिरोले बेनी–जोमसोम सडकखण्ड अवरुद्ध
a]gLun]Zj/ ;8s cj?4 un]Zj/,#) ebf}M a’waf/ a]n’sLb]lv k/]sf] clj/n jiff{sf sf/0f 7f8f] vf]nfn] ;8s aufPkl5 cj?4 a]gsf] a]gL un]Zj/ ;8sv08 . tl:a/ M w|’j;fu/ zdf{÷/f;;
काठमाडौं । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिरो खसेर अवरुद्ध भएको छ ।
बेनीदेखि मुस्ताङको घाँसासम्मका चार ठाउँमा बुधबार राति पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
बेनी नगरपालिकाको जलेश्वर, रघुगंगा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभीरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्कविच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले म्याग्दी जनाएको छ ।
सडक अवरुद्ध हुँदा स्थानीयलाई आउजाउ गर्न समेत समस्या भएको छ भने मुस्ताङ भ्रमण तथा कागबेनीमा सोह्र श्राद्ध गर्ने तथा मुक्तिनाथ दर्शनमा जाने तीर्थयात्रीलाई सास्ती भएको छ ।
निरन्तर पहिरो खसेकाले मर्मतमा समस्या भएको बताइएको छ । बैसरीमा बुधबार साँझ पहिरो पन्छाएर खोलिएको सडक पुनः अवरुद्ध भएको हो ।



