+
+
-- Sponsored Ad --

चितवन २ मा रवि लामिछानेकाे जित सुनिश्चित

247 पटक हेरिएको
Clock २०७९ मंसिर ८, बिहीबार ०९:३०
-- Sponsored --

चितवन, मंसिर ८– चितवन क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुने सुनिश्चित भएको छ । अब गन्न बाँकी सबै मत अन्य उमेदवारलाई गएपनि उनको जित निश्चित भइसकेको छ । यद्यपी सबै मत अन्य उमेदवारलाई मात्र जानु असम्भव छ । कति मतान्तरले जित्छन् भन्ने यकिन हुन भने अन्तिम मतपरिणाम नै कुर्नुपर्ने हुन्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार चितवन २ मा ६९ हजार ५८० मत गनिसक्दा २५ हजार भन्दा बढी मतले रविले अग्रता लिइरहेका छन् । रविले ३९ हजार २०० मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ मत ल्याएका छन् । रवि २५ हजार ६९७ मतान्तरले अगाडि छन् । अब १४ हजार ७३५ मत मात्रै गन्न बाँकी छ । चितवन २ मा ८४ हजार ३१४ मत खसेको थियो ।

एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७२ मतसहित तेस्रो स्थानमा छन् । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पोखरेल यहि क्षेत्रबाट निर्वाचित भएका थिए ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win