+
+
-- Sponsored Ad --

डडेल्धुरा प्रदेशसभा–१ मा खगराज विजयी, ‘मुख्यमन्त्री’ बन्ने बाटो खुल्यो

269 पटक हेरिएको
Clock २०७९ मंसिर ८, बिहीबार १०:२५
-- Sponsored --

डडेल्धुरा : डडेल्धुरा प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी भएका छन्। उनले १२ हजार ११२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्।

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्यसमेत रहेका भट्टले नेकपा एमालेका पठानसिंह बोहरालाई २ हजार ९ सय १८ मतले पराजित गरे। उनका निकटतम् प्रतिद्वन्द्वी बोहराले ९ हजार १९५ मत पाए।

यस्तै, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले १ हजार ७ सय ५४, राप्रपाका पदमराज जोशीले ७६२ र धनबहादुर बोहराले २०२ मत पाएका छन्। २५ हजार ३६१ मत खसेकोमा १ हजार ३३६ मत बदर भयो।

०७४ सालको निर्वाचनमा बोहरा यहाँ निर्वाचित भएका थिए। वाम गठबन्धनका तत्कालीन उम्मेदवार बोहराले नेपाली कांग्रेसका उम्मेदवार रघुवर भट्टलाई २ हजार १६९ मतले पछि पार्दै विजयी भएका थिए। बोहराले १३ हजार ५६३ मत ल्याउँदा भट्टले ११ हजार ३९४ मत पाएका थिए।

खगराज प्रदेशसभा–१ मा विजयी भएसँगै मुख्यमन्त्रीका लागि बाटो खुलेको छ। खगराज अब सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने घोषणा गरिसकेका छन्। २० कात्तिकमा गृहजिल्ला डडेल्धुराको परशुराममा आयोजित चुनावीसभामा देउवाले जिताएर पठाए भट्ट नै मुख्यमन्त्री बन्ने दाबी गरेका थिए।

सम्बोधनका क्रममा देउवाले भनेका थिए, ‘​अबको सुदूरपश्चिमको मुख्यमन्त्री खगराज भट्ट नै हो। मेरो पार्टीले भनिहाल्यो अबको मुख्यमन्त्री भट्ट नै हुन्‚ तपाईंहरू जिताएर पठाउनुस्।’ सुदूरपश्चिममा माओवादी केन्द्रको नेतृत्वमा सरकार बने भट्ट मुख्यमन्त्री हुने प्रवल सम्भावना छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win