२३ पुस, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको छ ।
विश्वासको मतका विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस सांसदले बताएका छन् ।
कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले शुक्रबार पार्टी पदाधिकारीहरूसँग छलफल गरेका थिए ।