+
+
-- Sponsored Ad --

बालकाेटमा दाहाल-ओली भेटवार्ता , सभामुखबारे छलफल जारी

345 पटक हेरिएको
Clock २०७९ माघ २, सोमबार ११:०७
-- Sponsored --

२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास वालकोट पुगेका छन् ।

दुई नेताबीच घेटवार्ता जारी छ । आजको भेटमा मुख्यत सभामुखबारे छलफल रहेको नेताहरुले बताएका छन् ।

सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक हुँदैछ । बिहीबार सभामुखको निर्वाचन नै हुने तय भएको छ । त्यस अगावै संघीय सरकारलाई पूर्णता दिने तयारी पनि प्रधानमन्त्री प्रचण्डको छ ।

जारी भेटमा मन्त्रिपरिषदको भागवण्डा मिले मन्त्रिपरिषद विस्तार गर्ने र सभामुखको विषयमाथिको छलफललाई अन्तिम रुप दिने दुई नेताको तयारी छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने १० वटै दलको बैठक राखेका छन् । उनले आफूलाई कांग्रेसलगायतका दललेसमेत विश्वासको मत दिएको भनी सभामुख र राष्ट्रपतिका विषयमा उनीहरुसित समेत छलफल गर्नुपर्ने बताएपछि एमाले नेताहरु शसंकित भएका छन् । यसकारण पनि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच पछिल्लो समय भेटघाट बाक्लिएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win