कक्षा १२ र एसईई परीक्षा स्थगित

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ र एसईई को परीक्षा स्थगित गरेको छ। सोमबार बिहान बसेको बोर्डको बैठकले परीक्षा स्थगित गरेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए।  ‘कोरोना संक्रमण फैलिनेक्रम जारी छ,’उनले भने,‘त्यसैले अर्को सूचना नआउन्जेलसम्मको लागि परीक्षा स्थगित गरेका हौ।’ 

 

बोडले जेठ १३ गतेबाट एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो।  हाल ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन् भने कक्षा १२ मा करिब ४ लाख परीक्षार्थी रहेका छन्।

 

गतवर्ष पनि कोरोना महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिएको थियो। बोर्डले कक्षा १२ को अन्तिम परीक्षा जेठको २६ देखि असार ४ गतेसम्म गर्ने निर्णय गरेको थियो।  

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २, बुधबार ११:१५
    • 11 views
    आज भूकम्प सुरक्षा दिवस, पूर्वतयारीका लागि सङ्कल्प जरुरी

    कावासोती । विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा छन् । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव…

    विस्तृत.....

    • २०८१ माघ १, मंगलवार १६:१७
    • 7 views
    यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ समय तालिका

    कावासोती । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *