+
+
-- Sponsored Ad --

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत

245 पटक हेरिएको
Clock २०७९ माघ ५, बिहीबार १६:४६
-- Sponsored --

५ माघ, दाङ । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री लिला गिरीले आज  विश्वासको मत पाएका छन् ।

बिहिवार दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनकाे चौँथो बैठकमा मुख्यमन्त्री गिरीले ७ दलको विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री गिरिले नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जसपा,  जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका  र स्वतन्त्र गरि ५७ मत प्राप्त गरेका हुन्  । उनको विपक्षमा २८ मत परेको छ । नेपाली काग्रेस र जनमोर्चाले गिरिलाइ  बिश्वासको मत दिएनन् ।

मुख्यमन्त्री गिरि पुस २७ गते ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए ।

लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win