
८ माघ, काठमाडौं । अमेरिकाको लस एञ्जल्समा बन्दुकधारीको गोली प्रहारबाट कम्तिमा पनि १० जनाको मृत्यु भएको छ ।
चिनियाँ नयाँ वर्षको अवसरमा मोन्टेरे पार्क क्षेत्रमा भएको एउटा मनोरञ्जनात्मक कार्यक्रमा गोली चलेको हो ।
अमेरिकी सुरक्षा अधिकारीहरुले भिडियोमा गोली हान्ने मानिस देखिएको र उसको पहिचान र खोजबिनको काम भइरहेको बताएका छन् ।
गोली प्रहार भएको ठाउँमा एशियाली मुलका मानिसको बाक्लो उपस्थिति रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।