
काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले ठूला दलका नेताहरु संसदमा राजा जस्तै आउने र जाने गरेको टिप्पणी गर्नुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै उहाँले ठूला दलका नेताहरुको संसदमा राजा जस्तै गरेर आउने कुराले संसदको गरिमा बचाउने अवस्था नरहेको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो ।
अध्यक्ष राउतले संसदमा अलोकतान्त्रिक गतिविधि हुन नदिन सभामुख घिमिरे र उपसभामुख इन्दिरा राना सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो ।