सुरेश छन्त्याल, माघ २१, पाण्डबखानीः गलकाेट नगरपालिका वडा नम्बर १० पाण्डबखानीमा रहेकाे स्वास्थ चाैकीमा प्रयाेगशाला उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

गलकाेट नगरपालिका वडा नम्बर १० पाण्डबखानीका वडा अध्यक्ष तथा स्वस्थ्य चाैकी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर काउचाकाे अध्यक्षता गलकाेट नगरपालिकाका मेयर भरत शर्मा गैरेकाे प्रमुख आथितियता गलकाेट नगरपालिकाका उपमेयर फमलाल निउरेकाे विशिष्ट आथितियतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अतिकृत गंगा बुझेल प्रशासकीय अतिकृत  तुलबहादुर वि.क, स्वास्थ शाखा गलकाेटका प्रमुख शिशिर पाैडेल, ग्रामीण सुधार तथा परियाेजनाका फेरमेड सुपर भाइजर रामेश्वर शाह, गलकाेट नगरपालिकाका कार्यपालिका सदस्य रामप्रसाद वि.क, निवर्तमान वडा अध्यक्ष तिलक घर्ती, समाजसेवी मानसिह छन्त्याल लगाएतले मन्तव्य राखेका थिए ।

No description available.

८० वर्षिय पुनराम पुन र ७९ वर्षिय ललितबहादुर श्रीसबाट ल्याप टेस्ट गरिएको थियाे। स्वस्थ चाैकीकि प्रमुख रत्ना सुनारकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे संचालन पाण्डबखानीका वडा सचिव ठाकुर तिमिल्सिनाले गर्नु भएको थियाे ।

No description available.

त्यस्तै गलकाेट नगरपालिकाकाे आयाेजनामा गलकाेट नगरपालिकाकाे दुर्गम वडा नं १० रमुवाबाट नगर प्रमुख, नगर उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष, प्रशासकीय अधिकृत लगायतकाे विशेष उपस्थितिमा जेष्ठ नागरिक स्वास्थ्य परिक्षणकाे समुदघाटन सम्पन्न भएकाे छ । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, जेष्ठ नागरिक लगायतकाे उपस्थिति थियाे  भने ८४ बर्षीय जेष्ठ नागरिक पार्वती रानाकाे स्वास्थ्य परिक्षण गरि कार्यक्रमकाे सुभारम्भ गरिएकाे थियाे ।