+
+
-- Sponsored Ad --

प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसको अवसरमा मध्यबिन्दु जिल्ला अस्पतालमा फलफूल वितरण

418 पटक हेरिएको
Clock २०७९ माघ २२, आईतवार १३:५९
-- Sponsored --

माघ २२, कावासोती : प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसको अवसरमा मध्यविन्दु जिल्ला अस्पतालमा फलफुल वितरण गरिएको छ ।
अस्पतालमा रहेका ३० जना विरामीहरुको स्वास्थ अवस्था वुझी फलफुल वितरण गरिएको हो । प्रेस चौतारी नेपाल नवलपुर शाखाका अध्यक्ष शालिकराम कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रिय निर्वाचन समिती सदस्य राजेश सुनामको प्रमुख आथित्यता थियो ।

No description available.
कार्यक्रममा प्रेस चौतारी गण्डकीका कोषाध्यक्ष भविस्वर पाण्डे, जिल्ला उपाध्यक्ष दयाराम आचार्य, भेष वहादुर अधिकारी, गोविन्द नेपाली, खेम महतो, बुद्धि वस्याल, मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र कंडेल, लगायतकाको उपस्थिती रहेको थियो ।

No description available.
कार्यक्रममा वोल्दै प्रमुख अतिथी सुनामले अस्पतालको दिगो वृद्धि विकास र स्तरोन्नती साथै विरामीलाइ पर्ने समस्याका वारेमा सम्वन्धीत निकायसम्म आवाज पुर्याउने कुरामा प्रेस चौतारी नेपाल मार्फत आफुहरु प्रतिवद्ध रहेको बताए । कार्यक्रमको सहजीकरण प्रेस चौतारी नेपालका जिल्ला उपाध्यक्ष दयाराम आचार्यले गरेका थिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win