कावासोती माघ २४, फागुन ३ गते देखी कावासोतीमा सुरु हुने सातौँ नवलपुर महोत्सबमा विद्यालय स्तरिय बिज्ञान प्रदर्शनी प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा बिजेता भएका प्रथम, द्वितिय,तृतिय र सान्तोनालाई पुरुष्कारको व्यावस्था साथै महोत्सव अबधिभर स्टल उपलब्ध गराईने आयोजक नवलपुर उद्योग वाणिज्य संघका सचिब सागर पोख्रलले जानकारी दिनुभयो ।
प्रतियोगितामा भाग लिने विद्यालयले फागुन २ गते छनौटमा सहभागी भएर आफ्नो प्रदर्शनी देखाउनु पर्ने आयोजकले जनाएको छ । छनौट भएका ४ विद्यालयको टिमले फागुन ३ गते देखी १३ गते सम्म चल्ने महोत्सवमा प्रदर्शनी प्रस्तुत गर्नुपर्नेछ ।
विजेता विद्यालयले पुरुष्कार साथै प्रमाणपत्र पाउने छन् । नवलपुर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सातौँ नवलपुर महोत्सव कावासोतीको टुवोर्ग मैदानमा ३ गते देखी १३ गते सम्म चल्नेछ ।

