+
+
-- Sponsored Ad --

कांग्रेसको कार्य सम्पादन समिति बैठक जारी, राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने

394 पटक हेरिएको
Clock २०७९ फाल्गुन १३, शनिबार १०:१३
-- Sponsored --

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकले राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न बैठक बसेको हो ।

यसै बैठकले राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउने कांग्रेस नेताहरूले बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बन्ने करिब पक्का जस्तै छ ।

नयाँ सहमति अनुसार कांग्रेस-माओवादीसहित गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ ।

राष्ट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्यसूची छ । राष्ट्रपतिको मतदान यही फागुन २५ गते हुँदैछ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win