
१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकले राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न बैठक बसेको हो ।
नयाँ सहमति अनुसार कांग्रेस-माओवादीसहित गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ ।