0 प्रतिक्रिया
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम १ अर्ब १६ करोड
२९ फागुन, काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार सोमबार २४.६८ अंकले घटेर बजार परिसूचक १९५१.२१ को विन्दुमा आइपुगेको छ ।
सोमबार दोस्रो बजारमा कारोबारमा आएका २५६ कम्पनी मध्ये १८७ कम्पनीको सेयर मूल्य घटेको छ भने २४ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । यस्तै पाँच कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन । आज कुल ३३ लाख ६९ हजार १३६ कित्ता सेयर २६ हजार ८५० पटक कारोबार हुँदा कुल कारोबार रकम एक अर्ब १६ करोड २५ लाख रुपैयाँ बाराबर रह्यो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



