+
+
-- Sponsored Ad --

गणतन्त्र र संघीयतामा पनि पहिचान माग्नेको हत्याको शृंखला रोकिएन : अशोक राई

298 पटक हेरिएको
Clock २०७९ चैत्र १२, आईतवार १४:०७
-- Sponsored --

१२ चैत, काठमाडौं। जनता समाजवादी पार्टीका नेता अशोक राईले गणतन्त्र र संघीय व्यवस्थामा पनि पहिचान माग्नेहरुको हत्याको शृंखला नरोकिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान जारी गर्ने बेलामा मधेशमा पहिचानको अधिकार माग्ने ५९ जनाको हत्या भएको भन्दै अहिले कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा पनि शृंखला जारी रहेको बताए ।

‘यस किसिमका दुखद घटनाहरुको शृंखलाहरुको अन्त्य कहीं पनि भइरहेको छैन । संविधान जारी गर्ने सिलसिलामा भएको विरोध कार्यक्रम मधेश जनविद्रोहमा ५९ जनाको निधन भएको थियो’ नेता राईले भने, ‘हामीले लोकतान्त्रिक परिपाटी संघीयता गणतन्त्र स्थापित गरेका छौं । तर यही गणतन्त्र, लोकतन्त्र र संघीयताभित्र पहिचान माग्ने आन्दोलनकारीको ज्यान लिने शृंखलाको कडी थपिन गएको छ । यो निन्दनीय छ ।’

कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधरहरुले गरेको आन्दोलनका क्रममा १० चैतमा पदमबहादुर लिम्बुको मृत्यु भएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win