+
+
-- Sponsored Ad --

नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्ने: प्रधानमन्त्री दाहाल

236 पटक हेरिएको
Clock २०८० बैशाख १, शुक्रबार १५:१०
-- Sponsored --

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताउनुभएको छ ।

शुक्रबार नयाँ वर्ष–२०८० को अवसरमा शुभकामना सन्देश दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री दाहालले परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभंग गर्न गइरहेको एउटा सकारात्मक वातावरण बनिरहेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने उहाँकाे भनाइ छ । बैंककाे ब्याजदर कम हुँदै गएको पनि उहाँले बताउनुभएकाे छ ।

व्यवसायीहरूको बैंक ब्याजसम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको र राजस्व संकलनमा वृद्धि भइरहेको उहाँले बताउनुभएकाे छ । तर हाम्रै पुस्ता र नयाँ पिंढीको गुणस्तरीय भविष्यका लागि अझै धेरै मेहेनत गर्नु पर्ने उहाँकाे तर्क छ ।

सामूहिकताको संस्कृति विकास गर्ने र थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव व्यक्त गर्दै नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन आम नेपालीलाई उहाँले विशेष अपिल गर्नुभएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win