+
+
-- Sponsored Ad --

छानविन गर्ने हो भने सबै नेता पालै-पालो जेल जान्छन्ः महासचिव विप्लव

239 पटक हेरिएको
Clock २०८० बैशाख १०, आईतवार १७:१२
-- Sponsored --

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले भ्रष्टाचार देशको समस्याको रुपमा रहेको बताउनुभएको छ ।

आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा बहस कार्यक्रममा बोल्दै महासचिव विप्लवले देशका भ्रष्टाचारको समस्या रहेको बताउनुभएको हो । उहाँले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको बताउनुभयो । उहाँले पार्टी संवद्ध ट्रेड युनियन वा संगठनका नेताहरु पनि पैसा कमाउने अभिलाषासहित नेतृत्वमा आउन चाहने गरेको बताउनुभयो ।

महासचिव विप्लवले भ्रष्टाचारको छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाने बताउनु भयो । सत्तारुढ र सत्ताबाहिर बसेका सबै नेताहरुलाई अर्ब रुपैयाँ भन्दा कमको चार्ज नभएको उहाँले बताउनु भयो । उहाँले पार्टीका संगठनहरु भ्रष्टाचारमा लिप्त हुनुमा पार्टीकै दोष भएको बताउनुभयो ।

राजनीतिक क्षेत्रमा भ्रष्टिकरण हुनुले अन्य सबै क्षेत्रमा असर परेको महासचिव विप्लवले बताउनुभयो । आफ्नो पार्टी र संगठनहरुमा भ्रष्टाचार नभएको उहाँले दावी गर्नुभयो । शिक्षालाई उत्पादनसँग जोडेर अगाडि बढ्नु र्नेमा महासचिव विप्लवले जोड दिनुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win