+
+
-- Sponsored Ad --

वीर अस्पतालको छतको वाल भत्किंदा ४ जना घाइते

197 पटक हेरिएको
Clock २०८० बैशाख १७, आईतवार १६:४१
-- Sponsored --

१७ वैशाख, काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतको वाल भत्किँदा चार जना बिरामीका कुरुवा घाइते भएका छन् । आइतबार दिँउसो २ बजे वीरको बीचमा रहेको रातो भवनको छत भत्किएको हो ।

लगातार बर्षाको कारण पुरानो इट्टाको पर्खाल भत्किएको अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए । सो भवन २०३६ सालमा निर्माण भएको थियो । पर्खाल भत्किएसँगै तल करिडोरमा भएका चार जना बिरामीको कुरुवा सामान्य घाइते भएका छन् ।

‘पर्खालबाट केही इँट्टा जस्ताको छतमा खसेको थियो । जहाँ हामीले बिरामी कुर्ने कुरुवाको लागि बस्ने ठाउँ पनि बनाएका थियौं’, डा. पौडेलले अनलाइनखबरसँग भने, ‘केही इँटा छिरेर तल करिडोर बसेका बिरामीको कुरुवालाई लागेछ ।’

डा. पौडेलका अनुसार गम्भीर चोट भने लागेको छैन । घाइतेको वीरमा उपचार भइरहेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win