+
+
-- Sponsored Ad --

गाैडेल थरकाे उत्पती, वसाेवास र पुर्वजहरू

2,129 पटक हेरिएको
Clock २०८० बैशाख २६, मंगलवार १३:२५
-- Sponsored --

गौडेल थर र वसोवासः
 परिचयः गौडेल “गढवाल” बाट बसाईसरी आइ पर्वत जिल्लाको मुडिकुवा भन्ने स्थानमा वसोवास गरेका पुर्खा बाजे बिष्णुदत्त गौडेल लाइ गौडेल भन्ने गरिएको र सोही आधारमा उनका सन्तान दर सन्तानहरुले आफ्नो थर गौडेल भनी लेख्ने गरेको बुढापाकाहरुको भनाइ रहेको छ ।

पर्वत मुडिकुवा का स्व. चुडामणी रेग्मी गौडेलले वि.स. २००६ साल पौष ३ गते रोज ७ मा तयार गरेको गौडेलको पुस्तावरी फारम र यादव शर्मा गौडेलले संकलन गरी तयार गरेको २०५२ सालको गौडेल वशांवली पुस्तकको आधारमा पर्वत मुडिकुवा हुँदै स्याङ्गजा जिल्लाको रापाकोट गाविस वडा नं ५ परिवर्तित अर्जुनचौपारी गाउँपालिका ३ छाप स्याङ्गजामा वसोवास गरेका र त्यहाबाट बसाइ सरी तराइ मधेस रुपन्देही चितवन, नवलपरासी, कपिलवस्तु, वर्दिया कास्की र काठमाण्डौ लगायत नेपालका विभिन्न स्थानहरुमा स्थानान्तरण भइ विभिन्न पेसा व्यावसाय सन्चालन गरि वसेका गौडेल वन्धुहरु ब्राह्मण जातका कौशिक गोत्रिय हिन्दु धर्मावलम्बीहरु हुन ।

नोकरी र विभिन्न पेसा व्यावसाय गर्ने क्रममा कसैले रेग्मी, कसैले शर्मा, समेत लेख्ने गरेको पाइन्छ । गोत्रावली अनुसार रेग्मी र गौडेल एउटै गोत्र कौशिक रहेको हुनाले गौडेल र रेग्मी सगोत्री दाजुभाइ हुँदा आपसमा विवाहवारी समेत मिल्दैन ।

स्याङ्गजा रापाकोट गाविस वार्ड नम्वर ५ हालको अर्जुनचौपारी गाउपालिका वार्ड नम्वर ३ छाप स्याङ्गजा गहतेमा जन्मे हुर्केका र वसाइ सराइ गरि तराइ मधेस कास्की काठमाण्डौ लगायत नेपालभरका विभिन्न स्थानहरुमा वसोवास गर्ने सवै गौडेल बन्धुहरुको कुलदेवता मन्दिर (थान) स्याङ्गजाको रापाकोट गाविस वार्ड नम्वर ५ अर्थात हालको अर्जुनचौपारी गाउपालिका ३ छापमै अवस्थित छ ।

पर्वत मुडिकुवाबाट वसाइ सरी तराइ मधेसका विभिन्न स्थानहरुमा वसोवास गर्ने केही गौडेल बन्धुहरुले नवलपरासी पुर्वको मुकुन्दपुर हरकट्टामा कुलदेवताको मन्दिर थान स्थापना गरि कुलपुजा गर्दै आइरहेको समेत पाइन्छ ।

गौडेलहरुको बसोवास र भुमिकाः

गौडेलहरुको मुल थलो वसोवास पर्वत जिल्लाको मुडिकुवा गाविस वडा नम्वर ५ फलेवास नगरपालीका मुडिकुवा गाउ नै हो । मुल पुर्खा वाजे विष्णुदत्त गौडेल भारतको गढवाल राज्यबाट सो ठाउमा आइ वसोवास गरेको पुर्खा वाजेहरुको भनाइबाट स्पष्ट हुन्छ । विष्णुदत्तका तीन छोरामध्ये जेठा गोविन्द, माइला हरिचरण र कान्छा राधाकृष्ण थिए । जेठा गोविन्दका ५ छोराहरुमध्ये क्रमसः श्रीराम, श्रीपती, साइला, माते र गुजेश्वर रहेको पाइन्छ ।

विष्णुदत्तका कान्छा छोरा हरिचरणका तीनभाइ छोराहरु क्रमसः टुल्कु, महेश्वर, र देउले रहेका थिए । हरिचरणलाइ तत्कालीन राजाबाट विर्ता जग्गाको लालमोहर प्राप्त भएकोले सो विर्ता जग्गा हरिचरणका तिन भाइ छोराहरुले वाँडफाड गरी वसोवास गरेको पाइन्छ ।

मुल पुर्खा बाजे विष्णुदत्तका माइला छोरा हरिचरणका कान्छा छोरा देउलेका दुइ श्रीमती भइ जेठीतर्फ जयपती र कान्छीतर्फ नारद र वल्लभ गरी तीन छोरा रहेको पाइन्छ।

देउलेका माइला छोरा नारदका तीन छोराहरुमध्ये क्रमसः राधे, बाले र हरिकृष्ण रहेकोमा बालेका दुइ श्रीमती भइ जेठी तर्फका देवीलाल र कान्छी तर्फबाट प्यामनारायणको जन्म भएको पाइन्छ ।

निज प्यामनारायण पर्वत जिल्लाबाट वसाइ सरी छाप मोहनडाडा आङमाङ हुदै स्याङ्गजा जिल्लाको साविक रापाकोट गाविस वार्ड नम्वर ५ हालको अर्जुनचौपारी गाउपालिका वार्ड नम्वर ३ छापमा आइ अवैध रुपमा तामाखानी संचालन गरि वसेका आउरीहरुलाइ लखेटी वसोवासको सुरुवात गरेको बुढापाकाहरुको मुखारविन्दुबाट सुन्न पाइन्छ । छाप गाँउदेखी तल बासपानी तल्लो गहिरो भन्ने स्थानदेखी रापाकोट माथी अग्लो डाँडा गुफा लेकसम्मै जमिन मुनी आउरीहरुले तामा निकालेका ठुलाठुला भ्वाङ्गहरु केही पुरिइसकेका छन भने अझैपनि केही मात्रामा अवलोकन गर्न पाइन्छ ।

त्यसवाट अवैध रुपमा तामा निकाली आउरीहरुले विक्रि वितरण गर्ने गरेको तथा स्थानिय हरुलाइ दुख दिइ शोषण गर्ने गरेको थाहा पाइ प्यामनारायणले ति आउरीहरुलाइ धपाइ छाप गाउदेखी माथी चाउका भन्ने स्थानमा रहेको आउरीहरुको दरवार समेत भत्काएर आउरीहरुलाइ छापबाट लखेट्न सफल भएका प्यामनारायण सोही गाउ छापमा वसोवास गरि आएकोले तत्कालीन सरकारले निजलाइ मुखिया मानी बारी र खरबारी पाखो समेतको तिरो बाली उठाउन पाउने भनी तोकेको स्थानिय बुढापाकाहरुबाट विगतदैखीनै सून्न पाइन्छ ।

पछि प्यामनारायणका छोरा तुल्सिराम हुदै मनिकण्ठ र मनिकण्ठको मृत्यु पछि रविलालले मुखियाको भुमिका निर्वाह गरेको पाइन्छ । रविलालको देहवसान पछि छाप गाउमा मुखिया प्रथाको समेत समाप्ती भएको हो । पञ्चायतकालमा रविलाल र भुमिलालले मुखिया र भलाद्यमी भइ आफ्नो नाम र ख्याती निकै कमाएका थिए । उनिहरुको अगाडी अन्याय गर्ने र दुष्ट प्रवृतिका जो कोही पनि सिधा उभिन नसक्ने स्थानिय बुढापाकाहरु अझैपनि बताउछन ।

त्यस्तो प्रवृतिका मानिसहरु उनिहरुको अगाडी परेपछी आफ्नो कमि कमजोरी स्विकार गरि पछिल्ला दिनहरुमा त्यसलाइ पुनः नदोहोर्याउने प्रढ गर्न बाध्य हुन्थे । गाँउघर र वल्लो पल्लो गाँउका झै झगडा तथा अन्य जुनसुकै समस्याहरु समाधान गर्नुपरेमा रविलाल मुखिया र भुमिलाल भलाद्यमी (रवे भुमे) विना प्राय असम्भव नै हुने त्यो बेलाको समयमा रवे भुमे उपस्थित भैसकेपछी जस्तासुकै जटिल समस्याहरु पनी सहजै समाधान गराउने, मेलमिलाप गराउने तथा स्थानिय स्तरका समस्याहरु छानविन गरि स्थानिय स्तरमै मिलाउने प्रचलन रहेको बुढापाकाहरुको भनाइ छ ।

गौडेलहरुको बसोबास लाइ सरसर्ती फर्केर हेर्दा हालसम्मको अवस्थामा पर्वतको मुडिकुवा, स्याङ्गजाको रापाकोट गाविस वार्ड नम्वर ५ छाप (हालको अर्जुनचौपारी ३ छाप),गहते, अर्जुनचौपारी, चितवनको माडी, देवेन्द्रपुर, पर्साढाप, अन्ध्रौली, गीतानगर, नवलपरासीको पिठौली, साढ, कावासोती, मुकुन्दपुर, हर्कपुर, बर्दघाट,सुनवल, खकडीवारी, रुपन्देहीको देवदह, खैरेनी, शितलनगर, बुटवल, केरवानी, ६ नम्वर, भैरहवा, तिलोत्तमा, योगीकुटी, मोतिपुर, दयानगर, कपिलवस्तुको चन्द्रौटा, कास्कीको पोखरा, वर्दिया काठमाण्डौ लगायत नेपालको विभिन्न स्थानहरुमा छरियर रहि वसोवास गरेको पाइन्छ ।

त्यस्तै विभिन्न पेसा, व्यावसाय, नोकरी र अध्यनको शिलशिलामा काठमाण्डौ लगायत देशका विभिन्न सहर तथा विदेश भारतका विभिन्न राज्य, अष्ट्रेलिया, अमेरिका, युरोप कोरिया समेतमा पुग्नुका साथै वसोवास समेत गरेको पाइन्छ । नेपालको सरकारी जागीर र नेपाल तथा भारतको सेना तथा प्रहरीमा भर्ती भइ पेन्सन खाइरहेको गौडेल बन्धुहरु पनि धेरै हुनुहुन्छ ।

अन्य कानुन व्यावसाय, शिक्षण पेशा, पत्रकारीता, कलाकारिता, व्यापार व्यावसाय गर्नेहरु विभिन्न संघसस्थाहरुमा रहेर काम गर्नृेहरु पनि नेपालका विभिन्न शहरहरुमा वसोवास गर्दै आ आफनो क्षेत्रमा अग्रपङत्तीमा रहेर समाजमा अगुवाइ गरेको पाइन्छ ।
===================

कुलदेवताको पुजाविधीः
श्री गणेशाय नमः श्री भगवत्यै नमः
श्री कुलदेवतायै नमः
कौशिक गोत्र पन्नोस, पश्चिम ४ नम्वर मुडीकुवा ग्राम देखी रापाकोट, ५ छापग्राम स्थित कुलदेवताको थानमस्य पुजा विधिनम्

===================
थानवार्नेः पुजा गर्ने दिनभन्दा अघिल्लो दिन कुुलदेवताका मुर्तिहरु रहेका ढुङ्गाका मुर्तिहरु, मौलाहरु सफा गर्ने, मुुर्ति वरिपरि सरसफाइ गरि चारैतिरबाट स्याउला, बाँस किला खम्वा गाडी थान वार्ने काम सवै दाजुभाइ उपस्थित भइ गर्ने परम्परा रहि आएको छ । मन्दिरमा र थान वरिपरि रहेका घण्टीहरु समेत सरसफाइ गरिसकेपछी धुपवत्ती वाली कुल देवता सम्झेर घिउको धुम आगोमा हाल्ने त्यसपछी धामीहरु (कुल उत्रेका व्यक्ति) नाच्ने परम्परा सदिऔेदेखी चल्दै आइरहेको छ ।कुल देवतालाइ बलि दिने लामो ढुङ्गा वा सालको काठबाट मौलो निर्माण गरि राख्ने र त्यसैमा पुजाको दिन कुनै खोटी नभएको वोका बली चढाइ रगत चढाउने प्रचलन रहिआएको छ ।
पुजाको दिनः
गौडेल दाजुभाइहरुको प्रत्येक घरबाट चोखोनिष्ट गरी अघिल्लो दिनदेखी राखेको दहीलाइ मथेर घिउ नौनी निकाली सो शुद्ध नौनी धुप धजा (राता सेता कपडाका धजाहरु) दियो, कलश, चामल, चामलको पिठो, घिउ, तेल (तोकीय बमोजिम) आ—आफ्नो भाकल अनुशारका खोटी नभएका बोका, घण्टी सहित तयार भइ बाँसको निगालोमा बाँधेका राता सेता धजा धामीलाइ दिइ घरबाट भाकल गरेका र कुल देवतालाइ चढाउनु पर्ने बोका मनसाएर ती सवै धुप धजा चामल पिठो राखिएको डालो लिइ कुल देवताको मन्दिरमा जानुपर्दछ । सवै दाजुभाइहरु जम्मा भइ धामी सहित घर परिवारका प्राय सबै सदस्यले मन्दिर र थान परिक्रमा गरि प्रतिनिधीमुलक रुपमा मन्दिरभित्र पुजापाठ गर्ने दाजुभाइहरुले आ—आफ्नो हाँगाको खोपामा दियोहरु राख्नुपर्दछ ।
अघिल्लो दिनै थान बार्ने क्रममा तयार गरिएका ढुङ्गाका अग्ला अग्ला तीनवटा मुर्तिका हिसावले गाडिएका ढुङ्गाको तल फराकिलो ढुङ्गामा गाइको गोवरले लिपी चामलको पिठोले रेखी हाली गाइको गोवरका कुण्ड बनाइ कलश वा अंखरामा जल चढाउने, अगलवगलमा दियो कलश राखी दुनामा पानी चढाउने, लावा खिर पिठो प्रसाद फुलपाती चढाउने गर्नुपर्दछ ।
ढुङ्गाको मूर्ति माथी समेत गोवरका कुण्ड बनाइ धागोको पगरी बाँध्ने कुम्भमा पहिले अक्षताको टिको लगाउने, खीर रोटी चढाउने पाती र लावा रोटी खिर चढाउने गर्नुपर्दछ ।
होमन विधीः
होमन गर्दा छुट्टै स्थानमा एकजना ब्राह्मणद्धारा चामल, धान, जा,ै घिउ समेतले होमन गराउने, पुजा पाठ गराइ दान दक्षिणा दिने ठाँउ ठाँउमा अगरवत्ति हरु बाल्ने गर्नुपर्दछ ।
धुप हाल्ने विधीः
धुप हाल्ने समयमा सर्वप्रथम कुल देवताको प्रार्थना गरि आ— आफ्ना भाकलहरु , इच्छाचाहना आकांक्षा, मनोकामना कुल देवताले पुर्ण गरिदिउन भनी पुजारी मार्फत वा आफै धुप हाल्ने धजा, घण्टी, पाठो जे जे ल्याएको छ त्यो सम्झेर धुुप हाल्ने, धजा घण्टी ल्याउनेहरुको सम्बन्धीत ठाँउमा झण्डाइ दिने । खिर रोटी टपरीमा चढाइदिने गर्नुपर्दछ ।
बोका पाठा बलि दिनेः
थान वार्ने दिनमा नै तयार गरिएको रगत चढाउने लामो ढुङ्गा र सालको मौलो तथा त्यसको तल फराकिलो ढुङ्गामा गाइको गोवरले लिपी, रेखी हाली लावा पर्सेर चढाउने, अगरवत्ति वाल्ने, धजा बाध्ने, धागो वाध्ने, खिर रोटी प्रसाद चढाइ सकेपछी अन्तिम धुप हाल्नु अघि पाठा वोकाहरु मन्साएर आ—आफ्नो हाँगाअनुसार पालै पालो पाठा बलि दिइ मौलो र ढुङ्गाका मुर्तिहरुमा रगत चढाउने,सवै बोका पाठा को वलि दिइसकेपछी अन्तिम धुप बत्ति सहित टिका (तरेखु) प्रसाद ग्रहण तथा वितरण गरि जेष्ठ सदस्यहरुबाट कुलपुजा समापन गर्ने गरिन्छ ।
धामी उफ्रनेहरुले बोल्ने तथा पुजा एवं धुपवत्तिको वेला उच्चारण गरिने मन्त्रः (व्रह्मकमलबाट उत्पन्न भइ आएको कुण्डलीमष्ट, जलै खाएँ जलै लाएँ, हाम्रो पुर्खौली)
कुलपुजाको पुर्वतयारीः
सामुहिक प्रसादका लागी गौडेल वन्धुहरुको प्रत्येक घरबाट निम्नानुशार दस्तुर तथा जिन्सी उठाउने चलन छ ।
अंश छुट्टिएका गौडेल बन्धुहरुको प्रत्येक घरबाट समान सहभागीताको हिसावले अनिवार्य रुपमा नगद रु २०००, चामल १ माना, पिठो २ माना, घिउ वा तेल १ पाउ उठाउने गरिन्छ ।
व्यवस्थित, सभ्य र भव्य रुपमा पुजा सम्पन्न गर्नको लागी वाजागाजाको समेत प्रवन्ध गर्नको लागी आवस्यक्ता अनुशार थप रकम समेत उठाउन सकिने प्रावधान छ ।
प्रसाद गुणस्तरीय र राम्रो वनाउनको लागी पुर्व तयारीका सामानहरु पहिल्यै खरिद गर्न सकिन्छ ।
पुजाको लागी आवस्यक भाँडाकुँडा, आगो पानीको प्रवन्ध थान वार्ने दिनमै गरिन्छ ।
होमन गर्ने व्राह्मणलाइ केही दिन अगावै खवर गरि समयमै उपस्थितीको लागी निमन्त्रणा दिइन्छ ।

स्याङजा छापमा मा जन्म भै नेपालका विभिन्न स्थानहरूमा वसाेवास रहेकाे गाैडेल वन्धुहरूकाे हालसम्मकाे खाेजवाट तयार पारिएकाे वंशावलीः

गाैडेल वंशावली २०८०

श्राेतः शिव गाैडेल  (वरिष्ठ अधिवक्ता समेत रहनुभएका शिव गाैडेल कानुन व्यावसायमा वकालत गर्नुहुन्छ ,)

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win