०४ जेठ, २०८० ,एन सन्चार, दिपक सुनार,स्याङ्जा :
स्याङ्जाको अर्जुनचौपारि गाउँपालिकामा नि:शुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न भएको छ । अर्जुनचौपारि गाउँपालिकाको आयोजनामा नयाँ भवनमा बिहीबार विभिन्न किसिमका रोगहरुमा एक दिने नि:शुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा महिला र पुरुष गरि ३ सय ६२ जनाले स्वास्थ्य सेवा लिएका थिए । स्थानिय बासिन्दाहरुलाई लक्षित गरी संचालित स्वास्थ्य शिविरमा निशुल्क सुगर,बाथरोग,पाइल्स,ग्यास्ट्रिक,कब्जियत लगायत रोगको उपचार सेवाहरु प्रदान गरिएको थियो । जसअन्तर्गत सम्पुर्ण रोगको उपचार गराएका बिरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको अर्जुनचौपारि गाउँपालिका आयुर्वेद शाखा प्रमुख ललित थापाले बताउनुभयो । शिविरबाट निशुल्क आयुर्वेदिक पद्धतीबाट सबैखाले रोगहरुको उपचार तथा परामर्श दिईएको थियो। शिविरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख बरिस्ठ कबिराज निरिक्षक देवेन्द्र ,डा उत्सब पौडेल, डा तुल्सि श्रेस्ठ , डा सदिक्षा लामिछने शिव अर्याल सहितको स्वास्थ्यकर्मिको टिमले विरामीहरुको चेकजाँच गरेका थिए ।
शिविरको उद्घाटन गर्दै अर्जुनचौपारि गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले अस्पतालसम्म जान नसक्ने र आर्थिक रुपमा कमजोर घरपरिवारका विरामीलाई स्वास्थ्य शिविरले महत्वपुर्ण सेवा प्रदान गर्ने अपेक्षा आफुले लिएको बताए । स्वस्थ पानी,स्वस्थ जीन्दगानी जस्तै आयुर्वेदीक औषधी आफुहरुको जीवनमा निकै उपयोगी हुने तिवारीले बताए । आगामी दिनहरुमा समेत पालिका बासिको स्वास्थ्यलाई मध्यनजर गर्दै विविध किसिमका स्वास्थ्य शिविरको आयोजना गरिने जानकारी दिए
साथै तिवारीले हिमालयन आँखा अस्पताल संग समन्वय गरेर पालिकामा लगत्तै हप्ताको १ दिन आँखा शिविर सञ्चालन गरिने बताए । पोखरा स्थित हिमालयन आँखा अस्पताल संग मैले समन्वय गरेको छु,तिवारीले भने,लगत्तै पालिकामा नि:शुल्क आँखा शिविर सञ्चालन हुनेछ । पालिकामा नि:शुल्क रुपमा आयुर्वेद तथा बैकल्पिक चिकित्सा स्वास्थ्य शिविर राखिएकोमा सेवाग्राही निकै खुसी भएका छन् । स्वास्थ्य शिविरमा स्वस्थ्य शाखा प्रमुख डाक्टर इश्वर कुमार के.सि.ले स्वागत मन्तव्य राखेका थिए भने,कार्यक्रमको सञ्चालन आयुर्वेद शाखा प्रमुख ललित थापाले गर्नुभएको थियो ।

